त्यहाँ गालीलबाट आएका धेरै स्त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए। साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्वयम् येशूका चेला थिए। तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे। योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे, र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए। चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए। भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए, र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्रता त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।” पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख।” तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।
मत्ती 27 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:55-66
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू