त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे। चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानहरूबाट निस्के, र मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे। जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।” त्यहाँ गालीलबाट आएका धेरै स्त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए।
मत्ती 27 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:51-56
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू