उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि। त्यहाँबाट आउने-जानेहरूले आ-आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे, र भने, “ए मन्दिर भत्काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्वरको पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज।” मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्ला गर्दै भने, “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्वास गर्नेछौं। यसले परमेश्वरमा भरोसा राख्छ। परमेश्वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्वरको पुत्र हुँ,’ भनी भन्थ्यो।” अनि उहाँसँग क्रूसमा झुण्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे। अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो। तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” त्यहाँ उभिएकाहरूमध्ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।” तिनीहरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो। तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन् कि?” तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो।
मत्ती 27 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:38-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू