मत्ती 27:38-44

मत्ती 27:38-44 NNRV

उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्‍ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि। त्‍यहाँबाट आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे, र भने, “ए मन्‍दिर भत्‍काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज।” मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने, “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं। यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्‍वरको पुत्र हुँ,’ भनी भन्‍थ्‍यो।” अनि उहाँसँग क्रूसमा झुण्‍ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।