मत्ती 27:33-38

मत्ती 27:33-38 NNRV

जब तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्‍थान भनिन्‍छ, तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्‍यो पिउन चाहनुभएन। तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्‍त्रहरू आपसमा बाँड़े। तब त्‍यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे। “येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए। उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्‍ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि।