मत्ती 27:22-24

मत्ती 27:22-24 NNRV

पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।” तिनले भने, “किन? तिनले के अपराध गरेका छन्‌ र?” तर तिनीहरू अझ बढ़ी यसो भन्‍दै चिच्‍च्‍याए, “त्‍यो क्रूसमा टाँगिओस।” तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्‍छ भन्‍ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्‍ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।”