मत्ती 27:17-20
मत्ती 27:17-20 NNRV
जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ? बारब्बा कि ख्रीष्ट भनिने येशूलाई?” किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।” तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए।


