मत्ती 27:17-20 - Compare All Versions

मत्ती 27:17-20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट भनिने येशूलाई?” किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्‍पिदिएका हुन्‌ भनी तिनलाई थाहा थियो। तब न्‍याय-आसनमा बसिरहेको बेला तिनकी पत्‍नीले यसो भनी खबर पठाइन्, “त्‍यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।” तर मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्‍बालाई छोडिदिने र येशूलाई मृत्‍युदण्‍ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्‍याए।

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:17-20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?” किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो। पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।” तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए।

शेयर गर्नुहोस्
मत्ती 27 NCV

मत्ती 27:17-20 NERV (पवित्र बाइबल)

सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?” पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्। पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।” तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:17-20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि पिलातसले जम्‍मा भएका मानिसहरूलाई सोधे, “लौ भन, म कसलाई छोडिदिऊँ? बारब्‍बालाई कि ख्रीष्‍ट भन्‍ने येशूलाई?” किनभने तिनीहरूले येशूलाई डाह गरेर सुम्‍पन ल्‍याएका हुन् भन्‍ने कुरा बडा-हाकिमलाई थाहा थियो। पिलातस न्‍याय आसनमा बसेका थिए। त्‍यसै बेला उनकी स्‍वास्‍नीले उनलाई यसो भनेर खबर पठाइन्, “ती धर्मात्‍मा मानिसलाई केही पनि नगर्नुहोला किनभने आज राती मैले उनको बारेमा सपना देखेर धेरै दु:ख पाएकी छु।” तर मुख्‍य पूजाहारी र अरू अगुवाहरूले चाहिँ मानिसहरूको धुइरोलाई सुर्‍याएर यसो भन्‍न लगाए, “येशूलाई मार्नुहोस्, बारब्‍बालाई चाहिँ छोडिदिनुहोस्।”

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली