मत्ती 26:51-54

मत्ती 26:51-54 NNRV

येशूको साथमा हुनेहरूमध्‍ये एउटाले हात बढ़ाएर आफ्‍नो तरवार झिक्‍यो, र मुख्‍य पूजाहारीको दासलाई प्रहार गर्‍यो, र त्‍यसको कान छिनाइदियो। तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌। तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र? तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”