मत्ती 26:45-47

मत्ती 26:45-47 NNRV

तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ। उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।” उहाँ बोल्‍दाबोल्‍दै, बाह्रमध्‍येको एक जना, अर्थात्‌ यहूदा आयो। त्‍यससँग मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो।