मत्ती 26:36-44
मत्ती 26:36-44 NNRV
तब येशू गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।” र आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।” अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।” तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टा पनि जागा बस्न सकेनौ? जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्छा पूरा होस्।” उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो, र गएर फेरि उही शब्दहरू दोहोर्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो।



