मत्ती 25:44-45

मत्ती 25:44-45 NNRV

“तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्‍यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्‍यौं, वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंको सेवा गरेनौं?’ “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’