मत्ती 25:31-34

मत्ती 25:31-34 NNRV

“जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ। र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ। “तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।