मत्ती 25:3-13

मत्ती 25:3-13 NNRV

किनकि जब निर्बुद्धिहरूले आफ्‍ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्‌। तर बुद्धिमतीहरूले चाहिँ आफ्‍ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे। दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए। “तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो। “तब ती सबै कन्‍याहरू ब्‍यूँझे, र आ-आफ्‍नो बत्ती ठीकठाक पारे। निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्‍न लागे।’ “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्‍ने यथेष्‍ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्‍नो लागि किन।’ “तिनीहरू किन्‍न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्‍द भयो। “पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’ “तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ।’ “यसकारण जागा रहो, किनकि त्‍यो दिन र त्‍यो घड़ी तिमीहरूलाई थाहा छैन।