“एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईं कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। यसैले मलाई डर लाग्यो, र गएर तपाईंको सिक्का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्का लिनुहोस्।’ “त्यसका मालिकले त्यसलाई जवाफ दिए, ‘ए दुष्ट, अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस् भने, तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ। यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ। किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
मत्ती 25 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 25:24-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू