मत्ती 24:48-51

मत्ती 24:48-51 NNRV

तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी, आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्‌न र मतवालाहरूसँग खान र पिउन लाग्‍यो भने, त्‍यस नोकरको मालिक त्‍यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्‍नेछ। अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”