मत्ती 24:33-36

मत्ती 24:33-36 NNRV

त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन। स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌। “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।