मत्ती 23:27-33

मत्ती 23:27-33 NNRV

“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्‍ता छौ, जो बाहिरपट्टि सुन्‍दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्‍छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्‍छन्‌। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्‍टताले भरिएका छौ। “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्‍मारकलाई सिङ्गार्छौ, र भन्‍दछौ, ‘हामी आफ्‍ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्‍या गर्नेका सन्‍तान हौ भन्‍ने प्रमाण तिमीहरू आफै दिन्‍छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। “सर्पहरू, साँभे सर्पका बच्‍चा हो, तिमीहरू नरकको दण्‍डदेखि कसरी उम्‍कनेछौ?