“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्। “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्मारकलाई सिङ्गार्छौ, र भन्दछौ, ‘हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। “सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्नेछौ, र कति जनालाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ।
मत्ती 23 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 23:25-34
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू