मत्ती 22:8-14

मत्ती 22:8-14 NNRV

“तब तिनले आफ्‍ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्‍त्‍याइएकाहरू योग्‍य भएनन्‌। यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्‍तो देओ।’ तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्‍ट र असल दुवैलाई, जम्‍मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो। “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे। तिनले त्‍यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्‍यो निरुत्तर भयो। “तब राजाले सेवकहरूलाई भने, ‘त्‍यसका हात-खुट्टा बाँधेर त्‍यसलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’ किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्‌।”