मत्ती 22:41-45

मत्ती 22:41-45 NNRV

जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्‍न गर्नुभयो, “ख्रीष्‍टको विषयमा तिमीहरू के ठान्‍छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसो भए दाऊदले आत्‍मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्‍छन्‌? उनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्‍दिनँ’।” यदि दाऊदले उसलाई प्रभु भन्‍दछन्‌ भने, ऊ कसरी तिनको पुत्र हुन्‍छ र?”