मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्न गरे, “गुरुज्यू, मोशाले भनेका छन्, कोही मानिस निस्सन्तान मर्यो भने उसको भाइचाहिँले दाजुकी पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नुपर्छ। हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्यो, र सन्तान नभएकोले उसको भाइको निम्ति पत्नी छोड़ेर गयो। उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्मले त्यसै गरे। तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती सातै जनामध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिई।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्। तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ? ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।” यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे।
मत्ती 22 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 22:23-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू