मत्ती 22:18-21

मत्ती 22:18-21 NNRV

तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्‍नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्‍दछौ? कर तिर्ने सिक्‍का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्‍का ल्‍याए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।”