“तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’ त्यसले जवाफ दियो, ‘म जान्नँ।’ तर पछिबाट पछुताएर गयो। “दोस्राकहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, ‘म जान्छु।’ तर गएन। “अब यी दुईमा कुनचाहिँले बाबुको इच्छा पालन गर्यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेनौ, अनि उनीमाथि विश्वास गरेनौ।”
मत्ती 21 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 21:28-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू