तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने, “उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।” तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के। तर यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए। तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”
मत्ती 2 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 2:19-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू