मत्ती 2:16-23

मत्ती 2:16-23 NNRV

तब ज्‍योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्‍योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्‍यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो, “रामामा एउटा शब्‍द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।” तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने, “उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्‍नेहरू मरिसकेका छन्‌।” तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के। तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए। तिनी गएर नासरत भन्‍ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”