मत्ती 19:27-30

मत्ती 19:27-30 NNRV

तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्‌ हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्‍टिमा जब मानिसको पुत्र आफ्‍नो महिमाको सिंहासनमा बस्‍नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्‍नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्‍साफ गर्नेछौ। हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्‍गाजमिन छोड़ेको छ, त्‍यसले सय गुणा पाउनेछ, र अनन्‍त जीवनको अधिकार पाउनेछ। तर धेरै जो पहिला छन्‌ पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्‌।”