अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ। फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।” यो सुनेर चेलाहरूले अति आश्चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्छ?” येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।” तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ। हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ। तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”
मत्ती 19 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 19:23-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू