मत्ती 19:19-26

मत्ती 19:19-26 NNRV

आफ्‍ना आमा-बुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।” ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?” येशूले तिनलाई भन्‍नुभयो, “तिमी सिद्ध हुन चाहन्‍छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्‍वर्गमा धन प्राप्‍त गर्नेछौ, अनि आएर मपछि लाग।” जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्‍पत्ति थियो। अनि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गको राज्‍यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ। फेरि म तिमीहरूलाई भन्‍दछु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नुभन्‍दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।” यो सुनेर चेलाहरूले अति आश्‍चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्‍छ?” येशूले तिनीहरूमाथि दृष्‍टि लगाई भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्‍भव छ, तर परमेश्‍वरको लागि सबै कुरा सम्‍भव छ।”