मत्ती 18:6-7

मत्ती 18:6-7 NNRV

“तर जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्‍यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्‍यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्‍छ। “पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ!