मत्ती 18:31-35

मत्ती 18:31-35 NNRV

त्‍यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्‍ना मालिकलाई बताइदिए। “तब मालिकले त्‍यस नोकरलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्‍ट नोकर, तैंले मसँग बिन्‍ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ। मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन?’ तब त्‍यसका मालिकले क्रुद्ध भएर त्‍यसलाई सबै ऋण नतिरुञ्‍जेल दण्‍ड दिनेहरूका हातमा सुम्‍पिदिए। “तिमीहरूले आफ्‍नो भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुनेछ।”

मत्ती 18:31-35 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति