मत्ती 18:18-20

मत्ती 18:18-20 NNRV

“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ। “फेरि म तिमीहरूलाई भन्‍दछु, पृथ्‍वीमा तिमीहरूमध्‍ये दुई जना कुनै कुरामा सहमत भई केही माग्‍यौ भने, त्‍यो स्‍वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्‍ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, त्‍यहाँ म तिनीहरूका माझमा हुनेछु।”