मत्ती 18:1-4

मत्ती 18:1-4 NNRV

त्‍यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?” उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्‍याउनुभयो, र भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्‍ता भएनौ भने कहिल्‍यै स्‍वर्गको राज्‍यमा पस्‍नेछैनौ। जसले यो सानो बालकजस्‍तै आफूलाई नम्र तुल्‍याउँछ, त्‍यही स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ हुनेछ।