तब चेलाहरूले येशूकहाँ गुप्तमा आएर भने, “हामीहरूले त्यसलाई किन निकाल्न सकेनौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन। [तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्लँदैन।”] उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ। अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” अनि तिनीहरू अत्यन्त दुःखित भए। जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्?” तिनले भने, “हो, तिर्नुहुन्छ।” पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि अरूहरूबाट?” “अरूहरूबाट,” पत्रुसले जवाफ दिए। येशूले तिनलाई भन्नुभयो, “उसो भए छोराहरूले त छुट पाएका रहेछन्। तर तिनीहरू हामीबाट नचिढ़िऊन् भन्ने हेतुले, समुद्रमा गएर बल्छी हान, र पहिले परेको माछा ल्याऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ।”
मत्ती 17 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 17:19-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू