तब चेलाहरूले येशूकहाँ गुप्तमा आएर भने, “हामीहरूले त्यसलाई किन निकाल्न सकेनौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन। [तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्लँदैन।”] उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ। अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” अनि तिनीहरू अत्यन्त दुःखित भए।
मत्ती 17 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 17:19-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू