मत्ती 17:14-18

मत्ती 17:14-18 NNRV

तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्‍यो, “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्‍यसलाई छारेरोग लागेको छ, र ठूलो कष्‍ट भोग्‍दैछ। त्‍यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्‍छ। मैले त्‍यसलाई तपाईंका चेलाहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले त्‍यसलाई निको पार्न सकेनन्‌।” तब येशूले भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी र भ्रष्‍ट पुस्‍ता, कहिलेसम्‍म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्‍म मैले तिमीहरूलाई सहनु? त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ।” येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो।