मत्ती 17:1-3

मत्ती 17:1-3 NNRV

यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई आफूसँग एउटा उच्‍च पहाड़माथि अलग्‍गै लैजानुभयो। तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्‍क्‍यो, र उहाँका वस्‍त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे।