उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सुन र बुझ। जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्छ।” यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्?” तर उहाँले भन्नुभयो, “स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नुभएको हरेक बोट उखेलिनेछ। तिनीहरूलाई छोडिदेओ, ती अन्धा अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्यायो भने, ती दुवै खाल्डोमा पर्नेछन्।” पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्।” उहाँले भन्नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्छ त्यो पेटमा गइहाल्छ, र बाहिर निस्किहाल्छ? तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्। यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”
मत्ती 15 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 15:10-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू