जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्ना लागि खानेकुरा किनून्।” तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिनीहरूलाई जानु आवश्यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।” तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्।” तब उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।” उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।
मत्ती 14 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 14:13-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू