“जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्। जसको कान छ, त्यसले सुनोस्। “स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ। “फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो। त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। “स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्। अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्मा गरे, र खराब जतिलाई बाहिर फाले। युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।”
मत्ती 13 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:40-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू