येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो। त्यो सबै बीउहरूमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र रूख नै भइहाल्छ। आकाशका चराचुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुँड़ लाउँछन्।” उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।” येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन। अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।”
मत्ती 13 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू