मत्ती 13:20-22

मत्ती 13:20-22 NNRV

ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ। तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ। काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।