तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे। तब त्यो कुरा थाहा पाएर येशू त्यहाँबाट गइहाल्नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो, र उहाँ को हुनुहुन्छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो। यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो, “मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्न छु, म मेरो आत्मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्यायको घोषणा गरिदिनेछन्। तिनी न त झगड़ा गर्नेछन् न साह्रै चिच्च्याउनेछन्, न त कसैले तिनको सोर गल्लीहरूमा सुन्नेछ। फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्त्यमा न्यायलाई विजयसम्म पुर्याउनेछन्। तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्नेछन्।”
मत्ती 12 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:14-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू