मत्ती 12:1-8

मत्ती 12:1-8 NNRV

त्‍यस समय येशू शबाथमा अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्‍नका बाला टिप्‍दै खान लागे। तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्‍यही गर्दछन्‌।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ? कसरी उनले परमेश्‍वरको भवनभित्र पसेर चढ़ाइएको रोटी खाएथे? त्‍यो रोटी खान न त उनलाई न उनीसँग हुनेहरूलाई, तर केवल पूजाहारीहरूलाई मात्र उचित थियो। अथवा के व्‍यवस्‍थामा पढ़ेका छैनौ, कसरी शबाथमा पूजाहारीहरूले मन्‍दिरमा शबाथलाई अपवित्र तुल्‍याउँछन्, र पनि निर्दोषी ठहरिन्‍छन्‌? तर म तिमीहरूलाई भन्‍दछु, मन्‍दिरभन्‍दा महान्‌ कोही यहाँ छ। तर ‘म बलिदान होइन, दया चाहन्‍छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ। किनकि मानिसको पुत्र शबाथको प्रभु हो।”