मत्ती 11:20-24

मत्ती 11:20-24 NNRV

जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्‍कार्न लाग्‍नुभयो, कारण तिनीहरूले पश्‍चात्ताप गरेनन्‌। “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्‌ग्रा लाएर र खरानी धसेर पश्‍चात्ताप गरिसक्‍नेथिए। तर म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ। ए कफर्नहुम, के तँ आकाशसम्‍मै उचालिनेछस्‌ र? तँ पातालसम्‍म खसालिनेछस्‌। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्‍यो आजको दिनसम्‍म रहिरहनेथियो। तर म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा तेरो भन्‍दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।”