मत्ती 11:11-13

मत्ती 11:11-13 NNRV

साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीबाट जन्‍मेकाहरूमा बप्‍तिस्‍मा-दिने यूहन्‍नाभन्‍दा महान्‌ अरू कोही भएको छैन। तरै पनि स्‍वर्गको राज्‍यमा जो सबैभन्‍दा सानो छ, त्‍यो यिनीभन्‍दा महान्‌ हो। बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयदेखि अहिलेसम्‍म स्‍वर्गको राज्‍य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्‍छन्‌। किनकि यूहन्‍नाको समयसम्‍म सबै अगमवक्ताहरू र व्‍यवस्‍थाले अगमवाणी गरे।