तिमीहरू आफ्ना पटुकामा सुन, चाँदी र तामाको सिक्का नबोक, यात्राको निम्ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ। “जुन सहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट बिदा नभएसम्म त्यहीँ बस। त्यस घरभित्र पस्दा अभिवादन गर। त्यो घर योग्य छ भने, तिमीहरूको शान्ति त्यस घरमा आओस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्। यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्यस घर अथवा सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो टकटक्याइदेओ। साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशाभन्दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।
मत्ती 10 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 10:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू