मत्ती 10:21-23

मत्ती 10:21-23 NNRV

“भाइले भाइलाई मृत्‍युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लाउनेछन्‌। मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ। जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन्‌ तब अर्कोमा भाग। किनकि साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।