मत्ती 1:1-12

मत्ती 1:1-12 NNRV

अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्‍टको वंशावली: अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता, यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्‌। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आराम अम्‍मीनादाबका पिता, अम्‍मीनादाब नहशोनका पिता, नहशोन सल्‍मोनका पिता, सल्‍मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्‌। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्‌। ओबेद यिशैका पिता, यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्‍नी थिइन्‌। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्‍जियाहका पिता, उज्‍जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता, योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्‍दी बनाएर लगिने समयअघि जन्‍मेका थिए। बेबिलोनमा बन्‍दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता