“हेर, त्यो दिन आउँदैछ। त्यो भट्टीझैँ दन्कनेछ। सबै हठी र सबै दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्नेछैन। तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ। अनि गोठलाई छोड़ेर निस्केका बाछाजस्तै तिमीहरूचाहिँ बाहिर निस्कनेछौ। तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ। जुन दिन म त्यो काम गर्छु, त्यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
मलाकी 4 पढ्नुहोस्
सुन्नुहोस् मलाकी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मलाकी 4:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू